काठमाण्डौँको शंखमुल राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश | Samacharpati काठमाण्डौँको शंखमुल राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश – Samacharpati
Samacharpati
मङ्लबार, अशोज २६, २०७८
  • होमपेज
  • काठमाण्डौँको शंखमुल राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश

काठमाण्डौँको शंखमुल राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश

काठमाण्डौँको शंखमुल राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश

पाेखरा, २२ असाेज । काठमाण्डौँको शंखमुल फुटसल पोखरामा जारी राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा बिहिबार भएको निकै प्रतिस्पर्धात्मक क्वालिफाइ खेलमा शंखमुलले द राइजिङ क्लब धरानलाई ४–३ गोल अन्तरले हराउँदै फाइनलमा स्पोट्र्स क्यासल संगको भेट पक्का गरेको हो ।

शंखमुलको जितमा मणि लामा नायक बने । उनले ४ गोल गर्दै टोलीलाई फाइनलमा पुर्याए । खेलको सुरुवातमै मणिले गोल गर्दै अग्रता दिलाए । सुरुवातमै गोल भएपछि खेल निकै रोमाञ्चक बन्न पुगेको थियो । ११ औं मिनेटमा राइजिङका विसन श्रेष्ठले बराबरी गोल फर्काए । १५ औं मिनेटमा शंखमुलका मणिले गोल गर्दै पुनः अग्रता दिलाए ।

पहिलो हाफमा अग्रता कायम राखेको शंखमुलले दोस्रो हाफमा भने लय गुमाउन पुगेको थियो । २४ औं मिनेटमा हेमन्त थापा मगरले गोल गर्दै खेल बराबरीमा ल्याए । विशनले २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै राइजिङलाई अग्रता दिलाए । त्यसपछि राइजिङले निकै उत्कृष्ट खेल देखायो । खेल सकिन १ मिनेटको समय हुदाँ शंखमुलका गोलरक्षक समेत अघि बढ्दै खेल्न थालेपछि राइजिङलाई दबाब बढेको थियो । खेल धानिरहेको राइजिङले अन्तिम मिनेटमा भने धान्न नसक्दा हार व्यहोरेको हो ।

खेलको ४० औं मिनेटमा मणिले ह्याट्रिक पुरा गर्दै शंखमुललाई हारबाट टारेका थिए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा मणिले नै व्यक्तिगत चौथो गोल गर्दै टिमलाई फाइनल प्रवेश गराएका हुन् । उनी
खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

शंखमुलले यस अघि एलिमेटरमा घरेलु टोली सविन मेमोरियललाई हराउँदै क्वालिफाइ भएको थियो । शंखमुलको क्यासलसंग दोस्रो भेट हुदैँ छ । यस अघि लिग चरणमा क्यासल र शंखमुलले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका थिए । क्यासलले पनि क्वालिफाइ खेलमा राइजिङ क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

लिग विजेताले नगद १० लाख रुपैँया प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपैँया प्राप्त गर्नेछन । लिगमा ७ प्रदेशका १० टिमको सहभागिता रहेको थियो ।
जितसंगे शंखमुलका मुख्य प्रशिक्षक प्रकाश परियारले खेल निकै प्रतिस्पर्धात्मक भएको बताए ।

उनले खेलाडीले लगातार खेल खेलेपनि उत्कृष्ट प्रदर्सन गरेको प्रतिक्रिया दिए । क्यासलविरुद्धको खेल फाइनल भएकाले खेलाडीले थकान विर्सेर खेल्ने उनले बताए । राइजिङ क्लबका मुख्य प्रशिक्षक युवेन्द्र गुरुङले आफ्ना मुख्य खेलाडी यस अघि नै घाइते भएकाले जितको आशा नरहेपनि खेलाडीले उच्च स्तरीय खेल प्रदर्सन गरेको बताए । उनले हारबाट पनि खुसी रहेको प्रतिक्रिया दिएका छन् ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता