ज्येष्ठ नागरिक दिवसमा ७१ जना ज्येष्ठ नागरिक सम्मानित | Samacharpati ज्येष्ठ नागरिक दिवसमा ७१ जना ज्येष्ठ नागरिक सम्मानित – Samacharpati
Samacharpati
मङ्लबार, अशोज २६, २०७८
  • होमपेज
  • ज्येष्ठ नागरिक दिवसमा ७१ जना ज्येष्ठ नागरिक सम्मानित

ज्येष्ठ नागरिक दिवसमा ७१ जना ज्येष्ठ नागरिक सम्मानित

ज्येष्ठ नागरिक दिवसमा ७१ जना ज्येष्ठ नागरिक सम्मानित

पोखरा, १६ असोज । ३० औं ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरामा ७१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । राष्ट्रिय परोपकार महासंघ नेपाल, नागरिक मिलन केन्द्र इकाई समिति वडा १५ को आयोजनामा ज्येष्ठनागरिक लाई सम्मान गरिएको हाे ।

सिद्धेश्वर मन्दिर सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई फूलको गुच्छा र न्यानो ज्याकेटद्वारा सम्मान गरिएको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाई १५ का कोषाध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिएका छन् ।

सो अवसरमा प्रमुख अतिथि ९९ वर्षिय बृद्ध बसन्त गिरीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय पारेपकार महासंघ केन्द्रिय अध्यक्ष एवं विषेश अतिथि पण्डित कमलनयन गौतमले आमा बाबा नै इश्वरको रुप रहेको बताएका छन् ।

उनले घरमा रहेका वयोवृद्ध साक्षात देवतातुल्य रहेको बताउदै उनीहरुको सम्मान र सेवा गरे देवता खोज्न कतै जान नपर्ने बताएका छन् ।
कार्यक्रममा शुभकामना बोल्दै पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष्य प्रकाश पौडेलले ज्येष्ठ नागरिकमैत्री वडा बानउन
लागि परेको बताएका छन् ।

उनले ज्येष्ठ नागरिकका कुनैपनि समस्या या गुनासा भएमा वडामा जानकारी गराउन आग्रह समेत गरेका छन् । कास्की जिल्ला समन्वय समिति सदस्य तोरण बनियाले वडाले ज्येष्ठ नागरिकको समस्यालाई मधयनजर गर्दै छिट्टै घर घरमै पुगेर बृद्धभत्ता दिने व्यवस्था गर्न
पहल गरिरहेको बताएका छन् ।

संगम बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा रष्टिय परोपकार महासंघ नेपाल वडा इकाई १५ का सल्लाकार क्याप्टेन हरिकृष्ण कुँवरले ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापनाबारे चर्चा गरे । उनले ज्येष्ठ नागरिकलाई मिठो बोली र सम्मान नै सबै भन्दा
ठुलो सम्मान र उपहार हुने बताएका थिए ।

उनले अबको पुस्तालाई ज्येष्ठ नागरिकको सम्मान गर्न सबैले प्रेरित गर्नुपर्ने  बताए । कार्यक्रममा कोलपाटन सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पराजुली, गलेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ललीत भण्डारी लगायतले धारणा राखेका थिए ।

राष्ट्रिय पारेपकार महासंघ नेपाल वडा इकाई १५ का अध्यक्ष कृष्णबहादु खत्रीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष केम बहादुर गुरुङ र सचिब ख्याम नारायण पौडेलले पनि बोलेका थिए ।

कार्यक्रमा ज्येष्ठ नागरिको हितको लागि इकाई समिति  समाजसेवी तथा दाताहरुले अर्थिक सहयोग गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता