घरेलु टोली डर्विमा क्यासल विजयी | Samacharpati घरेलु टोली डर्विमा क्यासल विजयी – Samacharpati
Samacharpati
मङ्लबार, अशोज २६, २०७८
  • होमपेज
  • घरेलु टोली डर्विमा क्यासल विजयी

घरेलु टोली डर्विमा क्यासल विजयी

घरेलु टोली डर्विमा क्यासल विजयी

पोखरा, १६ असोज । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत घरेलु टोली डर्विमा स्पोट्र्स क्यासल विजयी भएको छ ।
पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको डर्विखेलमा स्पोट्र्स क्यासलले सविन मेमोरियललाई २–० ले हराउँदै अपराजित यात्रा कायमै राख्न सफल भएको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सुरज गुरूङ र किशोर गुरुङले गोल गर्दै क्यासललाई जित दिलाए । सुरजले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै किशोरले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका छन । जितसंगै क्यासलको ७ खेलबाट १९ अंक रहेको छ ।

सविनले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको हो । सविनको उत्कृष्ट ३ प्रहारमा पोष्ट बाधक बनेको थियो । हार पश्चात प्रशिक्षक राजेन्द्र तामाङले केही खेलाडीले भने अनुसार नखेलेको प्रतिक्रिया दिएका छन् । उनले क्यासल विरुद्धको खेल निकैनै
प्रतिस्पर्धात्मक रहेको बताएका छन् ।

सविनको भने ७ खेलबाट १० अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ । क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरु पहिलो स्थानका लागि खेल्ने बताएका थिए । खेलको म्यान अफ दि म्याच क्यासलका गोलरक्षक विश्वास पौडेल घोषित भएका छन्   ।
यस्तै शंखमुल फुटसल र मछिन्द्र स्काइ गोल्सले भने अंक बाडेका छन् ।

प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो खेलमा शंखमुल र मछिन्द्रले २–२ गोलको बराबरी खेल्दै १÷१ अंक बाडेका हुन् । शंखमुलको कुल ७ खेलबाट १५ अंक रहेको छ । खेलमा शंखमुलले अग्रता लिएपनि जित हात पार्न भने सकेन् । खेलको ८ औँ मिनेटमा क्रिजल खड्काले गोल गर्दै  अग्रता दिलाए ।

पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा भने मछिन्द्रले गोल गर्दै बराबरी गर्यो । २२ औँ मिनेटमा आशिष सुनमले गोल गर्दै बराबरी गरेका थिए । २७ औँ मिनेटमा अरुज सिंहलेले टोलीका लागि दोस्रो गोल गरेपनि मछिन्द्रका मिसोन गुरुङले ३० औँ मिनेटमा बराबरी गोल फर्काए ।

खेलको म्यान अफ दि म्याचशंखमुलका अरुज सिंह घोषित भएका थिए । शुक्रवारको अन्तिम खेलमा प्रभातफेरीले झरना युथ क्लबलाई ७–३ गोल अन्तरले हराएको छ । प्रभातफेरीको जितमा सिजन गुरुबले २ तथा धिरज जोशी, श्रीजेश पुरी,अखिलेस कार्की, नविन लामा र शान्ता लामाले एक–एक गोल गरेका थिए ।

झरनाका लागि प्रेम छन्त्याल र कप्तान जितेश गुरुङले गोल गरेका थिए । १ गोल भने झरनाले उपहार स्वरुप पायो । प्रभातफेरीका
श्रीजेश पुरीले आत्मघाति गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच प्रभातफेरीका नविन लामा घोषित भएका थिए ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता