कलिलो उमेर मा नै फेदीखोला गाउँपालिका कांग्रेस को सचिव पदमा निर्विरोध निर्वाचित भए युवा नेता हिक्मत जंग कार्की | Samacharpati कलिलो उमेर मा नै फेदीखोला गाउँपालिका कांग्रेस को सचिव पदमा निर्विरोध निर्वाचित भए युवा नेता हिक्मत जंग कार्की – Samacharpati
Samacharpati
मङ्लबार, अशोज २६, २०७८
  • होमपेज
  • कलिलो उमेर मा नै फेदीखोला गाउँपालिका कांग्रेस को सचिव पदमा निर्विरोध निर्वाचित भए युवा नेता हिक्मत जंग कार्की

कलिलो उमेर मा नै फेदीखोला गाउँपालिका कांग्रेस को सचिव पदमा निर्विरोध निर्वाचित भए युवा नेता हिक्मत जंग कार्की

कलिलो उमेर मा नै फेदीखोला गाउँपालिका कांग्रेस को सचिव पदमा निर्विरोध निर्वाचित भए युवा नेता हिक्मत जंग कार्की

पाेखरा, १० असाेज । नेपाली कांग्रेस को १४ औं महाधिवेशनबाट  स्याङ्जा फेदीखोला  गाउँपालिकाका युवा नेता हिकमत जंग कार्की निर्बिरोध सचिव पद मा निर्वाचित भएका छन् ।

फेदिखाेला गाउँपालिकामा नेपाली कांग्रेस को १४ औं महाधिवेशनकाे निर्वाचन असाेज ९ गते भएकाे थियाे । सानै उमेर देखि राजनतिमा रुचि राख्ने व्यक्ति कमै पाइन्छ । ती मध्यका एक हुन् स्याङ्जा फेदीखोला  गाउँपालिकाका हिकमत जंग कार्की  ६२/६३ को आन्दोलन ताका राजतन्त्र को विरोध मा झण्डा बोकेर हिँड्दा उनी जम्मा ८ वर्ष का थिए।

बिस्तारै उनको राजनीतिक चिन्तन बढ्यो र जब उनी २०७३ सालमा जनप्रिय क्याम्पसमा पुगे उनको राजनीति उचाई झन्  त्यहाँ बाट अगाडि बढ्यो। जनप्रिय मावि को ने वि संघ सचिव हुँदै ने वि संघ स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका तरुण सचिव हुँदै उनको राजनीतिक जीवन अगाडि बढ्काे छ।
सामाजिक काममा सधैँ अग्रसर हुने हिक्मत जंग कार्कीकाे भाषण गर्ने कलाले पनि सबै लाई मोहित परेकाे छ।

जब १४ औँ महाधिवेशनमा नेपाली कांग्रेस को फेदीखोला गाउँपालिका को निर्वाचन आयो र उनको चर्चा पनि  थाल्याे  तर धेरै पद मा लोभ नगर्ने उनी मौन थिए ।

युवा पंक्ति को राजनीतिक आगमनले उनलाई आकर्षित गर्यो र उनी २१ वर्ष को कलिलो उमेरमा नेपाली कांग्रेस को १४ औं महाधिवेशनबाट निर्विराेध सचिव पद मा निर्वाचित भएका छन् । कलिलाे उमेरमानै यस्ताे राजनितिक क्षेत्रमा उनले फड्काे मारेर  इतिहास रचेका छन् ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता