नेलम्बो नेपालद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण | Samacharpati नेलम्बो नेपालद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • नेलम्बो नेपालद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नेलम्बो नेपालद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नेलम्बो नेपालद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नेलम्बो नेपालले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । रुपा गाउँपालिका वडा नं. ७ स्थाई घर भई हाल पोखरा महानगरपालिका वडा नं. ३०, खुदीमा बस्ने हाइमाया परियारलाइ अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।

हाइमाया परियार विगत लामो समय देखि दम रोगबाट पीडीत भएको र आर्थिक अवस्था समेत कम्जोर भई औषधी उपचार गर्न कठिन भएकाले नेलम्बो नेपालले रु ६५,००० बराबर कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।

उक्त कन्सेन्टे«टर रुपा गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दया सागर सुवेदी कोरोहवरमा आवश्यकताका आधारमा हस्तान्तरण गरेको हो । साथै आगामी दिनमा हाइमाया परियारलाई अक्सिजनको सहायता आवश्यक नपरेको खण्डमा उक्त अक्सिजन कन्सेन्टे«टर नेलम्बो नेपाललाई फिर्ता गर्न, साथै हिफाजतको जिम्वेवारी हाईमाया र उनकोे परिवारले गर्नुपर्नेछ ।

नेलम्बो नेपालले आवश्यकताका आधारमा अनुगमन गर्नेछ । अनुगमनको क्रममा उक्त अक्सिजन कन्सेन्ट्रेटरको दुरुपयोग गरेको पाइएमा फिर्ता लैजाने भीम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार