नेलम्बो नेपालद्धारा पोखरा ४ नं. वडा कार्यालयलाई सहयोग | Samacharpati नेलम्बो नेपालद्धारा पोखरा ४ नं. वडा कार्यालयलाई सहयोग – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • नेलम्बो नेपालद्धारा पोखरा ४ नं. वडा कार्यालयलाई सहयोग

नेलम्बो नेपालद्धारा पोखरा ४ नं. वडा कार्यालयलाई सहयोग

नेलम्बो नेपालद्धारा पोखरा ४ नं. वडा कार्यालयलाई सहयोग

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं.४ को वडा कार्यालयलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । कोभिड १९ को महामारीमा नेलम्बो नेपालले स्वास्थ्य सामग्री हस्तान्तरणका कार्यक्रमहरु दिनहुँ जस्तो गरिरहेको छ ।

आज एक कार्यक्रमका बीच नेलम्बो नेपालले पोखरा महानगरपालीका वडा नं. ४ लाई डिस्पोजिवल माक्स १००० पिस, सेनिटाइजर २० लिटर, डिस्पोजिवल ग्लोब्स २० प्याकेट, विपी सेट ३, पल्स अक्सिमिटर १० पिस, थर्मोमिटर ५ पिस, गरी जम्मा रु ४९,२५०।– रुपैया बरावरको स्वास्थ्य सामग्रीहरु नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले वडा नं. ४ का अध्यक्ष शंकर प्रसाद वास्तोलालाई हस्तान्तरण गर्नु भएको हो ।

यस भन्दा अगाडी पनि सोही वडा कार्यालयमा नेलम्बो नेपालले कोभिड १९ को बन्दा बन्दीमा दैनिक ज्याला मञ्दुरी गर्नै ५० घर परिवालाई खाद्यय सामग्रीहरु, शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्रीहरु भोलेन्टीयर ज्याकेट गरी रु १२०,०३४।– (अक्षेरुपी एक लाखबीसहजार रुपैया मात्र) रुपैया वरावरको स्वास्थ्य सामग्रीहरु ताथा खाद्यय राहात सामग्रहिरु हस्तान्तरण गरि सकेको छ ।

नेलम्बो नेपालले स्वास्थ्य शिक्षा र वातावरणको क्षेत्रमा कार्यहरु गर्दै आईरहेको छ । भने हाल विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको नियन्त्रण व्यवस्थापन र न्यूनिकरण गर्नको लागि सो सम्बन्धी सचेताना, स्वास्थ्य सामग्रीहरु हस्तान्तरण, खाद्यय राहात सामग्रीहरु वितरण जस्ता कार्यहरुमा नेलम्बो नेपाल सक्रिय रुपमा लागिरहेको छ । पोखरा महानगर पालिका वडा नं. ४ मा कोभिड १९ को विषम परिस्थितिमा त्यहाँ कार्यरत कर्मचारी तथा वडामा सेवा लिन आउनुहुने सेवा ग्राहीहरुलाई सुरक्षित तवरवाट सेवा दिन र लिन सहज होस् भन्ने हेतुले नेलम्बो नेपालले स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार