सरकारको न्यूनतम साझा कार्यक्रम : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने | Samacharpati सरकारको न्यूनतम साझा कार्यक्रम : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • सरकारको न्यूनतम साझा कार्यक्रम : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

सरकारको न्यूनतम साझा कार्यक्रम : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

सरकारको न्यूनतम साझा कार्यक्रम : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं : सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको उपस्थितिमा न्यूनतम साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिएको हो।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । तराई मधेशमा भएका विभिन्न आन्दोलनको बेला लगाइएका मुद्दाहरुको पुनरावलोकन गरी अन्यायपूर्ण बन्दी बनाइएका व्यक्तिको रिहाइ गर्नै न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।

यस्तै न्यूनतम साझा कार्यक्रममा तराई मधेश लगायत विभिन्न क्षेत्रमा संघर्ष गरेका समूहहरुसँग सरकारले गरेका सहमतिलाई तदारुकताका साथ कार्यान्वयन गर्ने उल्लेख छ

पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ। शीर्ष नेतृत्वले पारित गरेको साझा कार्यक्रमका आधारमा सरकार सञ्चालन गरिने गठबन्धनले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार