पोखराका युवा गायक सन्तोष खत्रीको नयाँ ”तिज गित” सार्वजनिक | Samacharpati पोखराका युवा गायक सन्तोष खत्रीको नयाँ ”तिज गित” सार्वजनिक – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • पोखराका युवा गायक सन्तोष खत्रीको नयाँ ”तिज गित” सार्वजनिक

पोखराका युवा गायक सन्तोष खत्रीको नयाँ ”तिज गित” सार्वजनिक

पोखराका युवा गायक सन्तोष खत्रीको नयाँ ”तिज गित” सार्वजनिक

पाेखरा, २२ साउन । तीज नजिकिदै गर्दा  दिनका दिन थुप्रै तीज गीत सार्वजनिक हुन थालेका छन् ।   त्यस्तै पोखरेली र बाग्लुङ्गे युवाहरुको ‘उफ्रि उफ्रि नाचन केटा हो’ बोलको तिज गीतको भिडियो सोमबार युट्युबमा सार्वजनिक गरिएको छ ।

पोखरेली गायक सन्तोष खत्री र सुबास खत्रीले नेपाली महिलाहरुको महानचाँड हरितालिका तीजको अवसरमा नयाँ गीत सार्वजनिक गरेका हुन् ।

सन्तोष खत्री र सुवास खत्रीको स्वर रहेकाे तिज गितमा सुजित र सुजल खत्रीको शब्द र सन्तोष खत्रीकाे संगित रहेको गीतमा एरेन्ज तारानाथ आचार्यको रहेकाे  छ । छायङकन अजय केसीले गरेका हुन् भने मनिष कंडेलले सम्पादन गरेका हुन् ।

सुमन खड्काले निर्देशन गरेको उक्त गीतको भिडियोमा सहनिर्देशन डिप्लब खत्रीले गरेका छन् भने भिडियोमा श्याम क्षेत्री, सुदिप तामाङ, मनोज गिरी, अजय सिंह ढकाल, नविना सुवेदी, अस्मिता रानाभाट, सन्तोष खत्री र सुबास खत्रीको अभिनय देख्न सकिन्छ ।

 

आजको ट्रेन्डिङ समाचार