न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार! • Nepal's Trusted Digital Newspaperन्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार! • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार!

न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार!

  • सोमवार, साउन १८, २०७८
न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार!

काठमाडौं : सत्ता गठबन्धनले सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रममा समझदारी गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ।

सोमबार कार्यदल र गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठकले न्यूनतम साझा कार्यक्रम तय गरेपछि मन्त्रिपरिषद् विस्तारको समझदारी गरेको हो। साझा कार्यक्रम तय, मन्त्रिपरिषद् विस्तार लगायतका एजेण्डामा नियमित छलफल भइरहे पनि गठबन्धनले निष्कर्ष निकाल्न सकेको छैन।

न्यूनतम साझा कार्यक्रमबारे कार्यदलस्तरमा छलफल चलिरहेको बुझिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको जानकारी दिए।

उनले सरकार सञ्चालनबारे छलफल हुनुकासाथै कार्यदलले गरेका कामको ब्रिफिङ भएको जानकारी दिए। गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि कुनै ठोस सहमति भएको छैन।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता पूर्णबहादुर खड्का सहभागी थिए।

कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ। साझा कार्यक्रममा संयुक्त सरकारका प्राथमिकता, सरकारका नीति तथा कार्यक्रम, संघीयता कार्यान्वयनलगायतका विषय समेटिएका बुझिएको छ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका