तीज गीत ‘टुहुरी चेली’ सार्बजनिक | Samacharpati तीज गीत ‘टुहुरी चेली’ सार्बजनिक – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • तीज गीत ‘टुहुरी चेली’ सार्बजनिक

तीज गीत ‘टुहुरी चेली’ सार्बजनिक

तीज गीत ‘टुहुरी चेली’ सार्बजनिक

यतिबेला तीजमय बन्दै गएको छ नेपाली संगीत बजार । बजारमा धेरै सर्जकले आफ्नो तीज गीत दर्शक स्रोता माझ पठाइसकेका छन र अधिकाशं गीत सफल पनि भएका छन । माया, प्रेम, दु:ख, वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् । तर केही सर्जकहरुका मौलीक गीतहरुले भने संस्कृतीको जगेर्नार्थ सहयोग पुगेको पाउन सकिन्छ ।

यति बेला रुपा वाडाको तीज गीत ‘टुहुरी चेली’ सार्बजनिक भएको छ । रुपा वाडा र गोबिन्द चापागाई आवाजमा रहेको तीज गीत ‘टुहुरी चेली’मा लय र शब्द भने जिबन सिक्देलको रहेको छ । गीतको संगीत संयोजन र अडियो मिक्शीङ तथा मास्टरिङ्ग दिवस थापा मगरले गरेका हुन । मनोज नेपालीले छायाँकन र सम्पादन गरेको तीज गीतमा गोबिन्द चापागाई, रुपा वाडा र सरदा तामाङको अभिनय रहेको छ ।

आजको ट्रेन्डिङ समाचार