छोटो समयमा नै चर्चाको शिखरमा ‘मैसाब’ (भिडियो सहित) | Samacharpati छोटो समयमा नै चर्चाको शिखरमा ‘मैसाब’ (भिडियो सहित) – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • छोटो समयमा नै चर्चाको शिखरमा ‘मैसाब’ (भिडियो सहित)

छोटो समयमा नै चर्चाको शिखरमा ‘मैसाब’ (भिडियो सहित)

छोटो समयमा नै चर्चाको शिखरमा ‘मैसाब’ (भिडियो सहित)

नेपाली सांगित बजार यतिबेला तीजमय बन्दै गएको छ । बजारमा धेरै सर्जकले आफ्नो तीज गीत दर्शक स्रोता माझ पठाइसकेका छन र अधिकाशं गीत सफल पनि भएका छन । माया, प्रेम, दु:ख, वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् । तर केही सर्जकहरुका मौलीक गीतहरुले भने संस्कृतीको जगेर्नार्थ सहयोग पुगेको पाउन सकिन्छ ।

यसैबिच, सुदीप फेल्डरको तीज गीत ‘मैसाब’ले बजारमा भित्रिएको छोटो समयमा नै दर्शकको राम्रो प्रतिकृया बटुल्न सफल भएको छ । सन्जय फ्राउनफेन्डर, प्रतिज्ञा न्यौपाने, दिपिका जेनी र नारायण भट्टराईको आवाजमा रहेको तीज गीत ‘मैसाब’मा उमेश अधिकारीको शब्द रहेको छ भने दिपिका जेनीले लय सिर्जना गरेकी छन । गीतको संगीत संयोजन सुरज लामिछनेले गरेका हुन भने अडियो मिक्शीङ तथा मास्टरिङ्ग खड्ग बाजुरालीले गरेका हुन ।

भिडियोमा बुद्दी सागर खनाल, अनिता पन्त, शान्ति अधिकारी र अविरल अधिकारीको अभिनय रहेको छ। सुरेश भुर्तेलको छायांकन रहेको गीतको भिडियोको सम्पादन/कलर र निर्देशन शिव भुर्तेलले गरेका हुन् भने श्रीङ्गार बिनिता पौडेल सुबेदीले गरेकी हुन ।

आजको ट्रेन्डिङ समाचार