गौरव र बिमलाको ‘जति चोट सहेनी’ सार्वजनिक | Samacharpati गौरव र बिमलाको ‘जति चोट सहेनी’ सार्वजनिक – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • गौरव र बिमलाको ‘जति चोट सहेनी’ सार्वजनिक

गौरव र बिमलाको ‘जति चोट सहेनी’ सार्वजनिक

गौरव र बिमलाको ‘जति चोट सहेनी’ सार्वजनिक

हाल क्यानाडामा बस्दै आएका गीतकार एवं सिनेमा निर्माता राजेन्द्र चोङवाङ्गको लेखन एवं ममता गुरुङको आवाज रहेको गीत जति चोट सहेनी सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत एवं एरेन्ज बादल लिम्बुको रहेको छ ।

यस गीतको भिडियो पूर्वी नेपालका रमणिय स्थानहरुमा छायांकन गरिएको छ । यस गीतमा गौरव पहाडी र बिमला खजुमको अभिनय देख्न सकिन्छ भने निर्देशन उदय सुव्वाको रहेको छ । भिडियोमा गौरव र बिमला को अर्गानिक प्रेम देख्न सकिन्छ । यस गीतको भिडियोलाइ बिक्रम डिसिले छायांकन गरेका हुन् भने बल कुमार मगरले सम्पादन गरेका हुन् ।

गीतकार चोङवाङ्गले नेपाली हिट सिनेमा निर्माण गरेका छन् । उनले कानुन , क्रान्ती , लेखान्त, मेरो प्यारो माइतीघर , रिफ्यूजी , मुर्चुङ्गा , आकाशे खेती जस्तो चलचित्रका निर्माता हुन् ।

आजको ट्रेन्डिङ समाचार