गायिका दिपिका भुषाल र गायक निरज थापाको आवाजमा नेपाली नारिहरुको महान चाड हरितालिकाको अवसरमा मौलिक तिज गीत “लरी बरी लै “ डिजिटल बजारमा सार्वजनिक भएको छ ।
नेपाली नारिहरुको पिर र वेदनालाई ठटयौली पारामा मनका भावना गीतमा पोखिएको छ । निरज थापाको शब्द तथा लय सिर्जना र भुमी राज थापाको एरेन्ज गीतमा रहेको छ ।
दिवश गुरुङको छायाँकन , सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथा निर्देशन भिडियोमा रहेको छ ।
गीतको भिडियोमा कला राई , रितेष श्रेष्ठ, गोविन्द लामा , सविना केसी , रुसाल रुसाल , मोतीराम थापा , स्वस्तिका राई र लाल बहादुर थामीको आकर्षक नृत्य तथा अभिनय रहेको छ ।