तपाईंको आज : २०७८ असार २८ सोमवारको राशिफल | Samacharpati तपाईंको आज : २०७८ असार २८ सोमवारको राशिफल – Samacharpati
Samacharpati
मङ्लबार, अशोज २६, २०७८
  • होमपेज
  • तपाईंको आज : २०७८ असार २८ सोमवारको राशिफल

तपाईंको आज : २०७८ असार २८ सोमवारको राशिफल

तपाईंको आज : २०७८ असार २८ सोमवारको राशिफल

२०७८ असार २८ सोमवार, द्वितीया – 12 Jul 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – समय मध्ययम रहेकाले कुनै व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगी विचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले काम समयमा सम्पन्न हुदैनन् । पढाइ लेखाइमा एक रूपमा नहुँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेको छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – औषधिजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्य आम्दानी गर्न सकिने तथा आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साइड लाग्नेछन् । विवादित निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । पढाइलेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घरपरिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्य आम्दानी हुने योग रहेको छ । पुराना स्वास्थ्यसम्वन्धी समस्या हल भएर जानेछन् भने सङ्कटबाट मुक्ति मिल्ने समय रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी रमाउने योग रहेको छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – पढाइलेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । पदीय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाईंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – पहिलेका कमीकमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठूला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले साहसिलो काममा हात हाल्नुहोला, सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपाईंकै जित हुनेछ । माया प्रेममा सामीप्यता बढ्नुको साथै पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपूर्ण भ्रमणको तय हुनेछ । विद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – अध्ययनमा रुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक काम समयमा नै सम्पन्न हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एकअर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा काम गर्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तिको योग रहेको छ । विभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्य आम्दानी हुनेछ । मायाप्रेममा एकअर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ । पढाइलेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै नै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ, समयमा काम सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइलेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनुहोला । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ । कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – प्रेमको ठोरो कसिनुको साथै घरपरिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेख जनमानसमा लैजान सकिनेछ । धर्मकर्ममा मन जानेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता