नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया पूरा, एकिकृत कारोबार सुरु | Samacharpati नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया पूरा, एकिकृत कारोबार सुरु – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया पूरा, एकिकृत कारोबार सुरु

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया पूरा, एकिकृत कारोबार सुरु

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया पूरा, एकिकृत कारोबार सुरु

काठ्माण्डौ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ती प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल र बसन्त कुमार चौधरीले एकीकृत कारोबार शुुभारम्भ गर्नुभएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताउनुभयो । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भन्नुभयो ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी रु. १३ अरव ८४ करोड पुग्नेछ भने कुल पुजीकोष रु ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १३५ हुनेछ भने एटिएमको संख्या भने १८३ हुनेछ । निक्षेपको आकार २१६ अर्बको हुनेछ । कर्जाको आकार चैत्र मसान्तको बित्तिय विवरण अनुसार २०१ अर्ब हुनेछ ।

यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब माथि हुनेछ । यो प्राप्तीसंगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनिती अनुसार बजारमा उपस्थित हुने प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार