पोखरा । गण्डकी प्रदेशको २ जिल्लामा अत्यन्त संक्रामक कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार जेठ ३१ गते जनस्वास्थय प्रयोगशाला काठ्माण्डौ पठाइएका ५ वटा नमुनाहरुमा नयाँ भेरियन्ट डेल्टा बि १.६१७.२ पुष्टि भएको छ ।
जसअनुसार स्याङजाको कालिगण्डकी गाउँपालिकाका १४ वर्षिय र ६० वर्षिय २ पुरुषमा डेल्टा भेरियन्ट भेटिएको छ भने गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ७०,३३ र ४० वर्षिय महिलामा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
डेल्टा भेरियन्ट पहिलो अल्फा भेरिएन्टमा भन्दा संक्रमण हुने दर बढी हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनरुरोध गरेको छ ।