गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप | Samacharpati गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप

गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप

गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप

गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेस नेतृत्वको वर्तमान सरकारले गैरबजेटरी योजना ल्याएर भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाएका छन्। एमाले संसदीय दल गण्डकी प्रदेशले शनिबार पत्रकार भेटघाट गर्दै वर्तमान सरकारले १६ करोडको गैरबजेटरी योजना ल्याएर भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका हुन्।

गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दल गण्डकी प्रदेशका नेता पृथ्वी सुब्बा गुरुङले यसरी वितरण गरिएको गैरबजेटरी बजेट पार्टीको निर्देशनमा वितरण भएको आरोप लगाए।

उनले गैर बजेटरी योजनामा खर्च भएकाले यसमा सम्बन्धित निकायले ध्यान दिने उनले बताए। उनले कसले यसको ध्यान दिनेछ भन्नेबारेमा खुलाएनन्।

पूर्वमुख्यमन्त्री गुरुङले सरकार छाड्ने बेलामा आफूले ११ योजनाका लागि साढे ४ अर्ब बढीको टेण्डर गरेको भन्ने प्रदेश सरकारको आरोपको खण्डन गरे। गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा विज्ञान, प्रविधी तथा सामाजिक विकासमन्त्री कुमार खड्काले पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएर सरकार छाड्नैपर्ने बाध्यता आइपरेपछि हतारहतार ११ योजनाका लागि ४ अर्ब ५१ करोडको ठेक्का लगाएको आरोप लगाएका थिए।

पूर्वमुख्यमन्त्री गुरुङले अघिल्ला सरकारले अगाडि बढाएका योजना वर्तमान सरकारले तलमाथि गर्न नसक्ने जिकिर गरे।

आजको ट्रेन्डिङ समाचार