गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाए | Samacharpati गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाए – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाए

गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाए

गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाए

काठमाडौं । गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाएका छन् । विना विभागीय मन्त्री बनेको करिब एक महिनापछि उनिहरूले जिम्मेवारी पाएका हुन् ।

जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङ्गेले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम्मेवारी पाउँदा मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जेठ २९ मा मुख्यमन्त्रीसँगै शपथ लिएका कांग्रेसका कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारीले मन्त्रालयको जिम्मेवारी केही दिनअघि पाएका थिए ।

खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका छन् । मुख्यमन्त्रीसँग भएको सहमतिअनुसार आचार्यले अर्थ मन्त्रालय र मनाङ्गेले भौतिक पूर्वाधार पाउनुपर्ने थियो ।

आजको ट्रेन्डिङ समाचार