प्रधानमन्त्री ओली सिन्धुपाल्चोकमा | Samacharpati प्रधानमन्त्री ओली सिन्धुपाल्चोकमा – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • प्रधानमन्त्री ओली सिन्धुपाल्चोकमा

प्रधानमन्त्री ओली सिन्धुपाल्चोकमा

प्रधानमन्त्री ओली सिन्धुपाल्चोकमा
file photo

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जानुभएकाे छ । मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न ओली सिन्धुपाल्चोक जानुभएकाे हाे ।

बाढी/पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न उहाँ नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुग्नुभएको हो । प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

ओलीले अहिले केहिबेरमा मेलम्चीमा पीडितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसैगरि प्रधानमन्त्री ओलीले असार १ गते मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षति अवलोकन गर्नुहुनेछ ।

आजको ट्रेन्डिङ समाचार