फुलमाया विकको घर मर्मत गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने | Samacharpati फुलमाया विकको घर मर्मत गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • फुलमाया विकको घर मर्मत गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने

फुलमाया विकको घर मर्मत गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने

फुलमाया विकको घर मर्मत गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने

पोखरा । पोखरा महानगरपालिका २२ (पुम्दीभुम्दी) को विश्व शान्ति स्तुपाः क्षेत्र नजिक बुधबार पहिरोले भत्केको तथा पुरिएको घरको गण्डकी प्रदेश सरकारले मर्मत संहार गर्न आवश्यक पहल गर्ने भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङख्या मन्त्री, एवं विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेकी मधुमाया अधिकारी (गुरुङ), प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) सहितको टोलीले विहिबार साँझ उक्त घरको अवलोकन गर्दै घर संरक्षण तथा मर्मत गर्न आवश्यक सहयोग गर्ने बताएका हुन् ।

मन्त्री अधिकारीले विक परिवारको लागि आवश्यक पर्ने खाद्य देखि लक्ताकपडा सहितका तत्काल आवश्यक पर्ने सामानहरुको व्यबस्थापन गर्न स्थानिय जनप्रतिनिधिहरुलाई निर्देशन दिदै थप सहयोग आवश्यक परेमा प्रदेश सरकारले सहयोग गर्ने बताइन्। घर संरक्षणको लागि जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय कास्कीबाट आवश्यक तार जाली उपलब्ध गराउने बताउदै मन्त्री अधिकारीले बर्षादको भलपानीलाई व्यबस्थापन गर्नुपर्नेमा जोड दिइन्।

विक परिवार रातिको १ बजे करिब २ मिनेटको अन्तरालमा घर छाडे लगत्तै बाढीले घर भत्काउदै पुरेको थियो । उनको घरमा ११ जना बसोबास गर्दै आएका थिए । उनीहरुलाई हाल अस्थायी रुपमा घर नजिकको टिनको टहरोमा हाल अस्थायी रुपमा व्यबस्थापन गरिएको पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले बताए ।

यसैबिच मन्त्री अधिकारी सहितको टोलीले विश्व शान्ति स्तुपा क्षेत्रमा समेत यसपालीको ठुलो बर्षादले गर्दा ठाँउ ठाँउमा भासिन पुगेको तथा केही भाग चर्कीएको भागको अवलोकन समेत गरेको छ । विश्व शान्ति स्तुप समितिका अध्यक्ष उत्तममान बुद्धचार्यले यसपालीको बर्षादले विश्वशान्ति स्तुपा क्षेत्रका तीन ठाँउमा जमिनको भाग केही दवेको कुनै ठाउँमा पहिरो गएको त केही ठाँउमा चर्किएकोले समयमै शान्ति स्तुपा संरक्षणको लागि प्रदेश सरकारलाई अवलोकन गर्न आव्हान गरेको उनले जनाए । केही बर्ष अघि शान्ति स्तुपा क्षेत्रमा ठुलो पहिरो जादा स्थानिय र सरकारी निकायको सहयोगले केही बर्ष पहिरो रोकथाम भएको भए पनि हाल अन्य ठाँउमा जमिन भाषिन पुगेको उनले जनाए । बर्षादको पानीलाईं व्यबस्थापिन गर्न नसक्दा कमजोर भागमा पानी बग्दा पहिरोको जोखिम भएको सिंचाई डिभिजन कार्यालय कास्कीका प्रमुख कीरण आचार्यले बताए ।

यसैबिच, मन्त्री अधिकारी सहितको टोलीले शान्ति स्तुपा देखि बिशाल महादेवको मुर्ति तर्फ जाने बाटोको समेत अवलोकन गरेको छ । केही समय अघि ग्याविन जाली हालेर बनाइएको पर्खाल सहितको भाग पहिरोले भत्काएको तथा शान्ति स्तुता देखि बिशाल महादेवको मुर्ति तर्फ जाने बाटो हाल अबरुद्ध भएको स्थानिय झलकप्रसाद बरालले बताए । शान्ति स्तुपा जानेबाटो कालिमाटी भन्दा माथिल्लो भेगमा समेत पहिरो गएकोले उक्त पहिरो व्यबस्थापन गर्न नसके केही घरहरु समेत पहिरोको जोखिममा हुने स्थानिय राजु क्षेत्रीले बताए । टोलीमा गण्डकी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक भरतराज पौडेलको समेत सहभागिता रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार