आमिर खान र किरणका फ्यानहरुका लागि खुशीको खबर , डिर्भाेस पछि लद्धाखमा एकै साथ काम गरिरहेको तस्बिर सार्वजनिक • Nepal's Trusted Digital Newspaperआमिर खान र किरणका फ्यानहरुका लागि खुशीको खबर , डिर्भाेस पछि लद्धाखमा एकै साथ काम गरिरहेको तस्बिर सार्वजनिक • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • आमिर खान र किरणका फ्यानहरुका लागि खुशीको खबर , डिर्भाेस पछि लद्धाखमा एकै साथ काम गरिरहेको तस्बिर सार्वजनिक

आमिर खान र किरणका फ्यानहरुका लागि खुशीको खबर , डिर्भाेस पछि लद्धाखमा एकै साथ काम गरिरहेको तस्बिर सार्वजनिक

  • शुक्रबार, असार २५, २०७८
आमिर खान र किरणका फ्यानहरुका लागि खुशीको खबर , डिर्भाेस पछि लद्धाखमा एकै साथ काम गरिरहेको तस्बिर सार्वजनिक

डिभोर्सको घोषणा पछि आमिर खान तथा किरण रावले आफ्ना फ्यानहरु तथा नजिकका साथीलाई एक भिडीयो शेयर गर्दै कानुनी रुपमा आफुहरु अलग हुने घोषणा गरेका थिए । उनीहरु पती पत्नीको रुपमा अलग भए पनि साथीको रुपमा रहने त्यतिबेलै भनेका थिए । उनीहरुले त्यो कुरालाई थप पुष्टि गरेका छन् ।

उनीहरुले बितेको कुरालाई पछाडि छोड्दै ब्यवसायिक रुपमा एकजुट भएको प्रमाणित गरिदिएका छन् । लाल सिंह चड्डाको शुटिंगको सिलसिलामा आमिर खान र पुर्व पत्नी किरण अहिले लद्धाखमा रहेका छन् । उनीहरु एक अर्का संग खुशी रहेका छन् । यस कुराको जानकारी दुबैजनाले नदिएर साउथ फिल्मका सुपरस्टार नागा चैतन्यले खुलासा गरिदिएका छन् ।

एक्टर नागा चैतन्यले आफ्नो ट्विटरमा लाल सिंह चड्डाको सेटको एक तस्बिर शेयर गरेका छन् । यो तस्बिरमा आमिर, चैतन्य तथा किरण राव साथै देखिएका छन् । खबर अनुसार फिल्मको यसै हप्ता शुटिंग शूरु गरिने जनाइएको छ । यहि फिल्म बाट चैतन्यले बलिउडमा डेब्यु गर्दैछन् । फिल्मको लद्धाखमा ४५ दिन सम्म शुटिंग हुने बताइएको छ । यस फिल्ममा आमिर र चैतन्यको केही फाइट सिन समेत शुट हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका