‘मायाले संसार चल्दैन पैसा नभए’ प्रथम र गरिमाको रोमान्स | Samacharpati ‘मायाले संसार चल्दैन पैसा नभए’ प्रथम र गरिमाको रोमान्स – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • ‘मायाले संसार चल्दैन पैसा नभए’ प्रथम र गरिमाको रोमान्स

‘मायाले संसार चल्दैन पैसा नभए’ प्रथम र गरिमाको रोमान्स

‘मायाले संसार चल्दैन पैसा नभए’ प्रथम र गरिमाको रोमान्स

काठमाडौंँ । गीतमा मनछुने शब्द समेटेर सबैको मन जित्दै आएका गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् ।गीतमा संगीतकार गिरीकै स्वर रहेको छ । गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । जसमा पुष्प खड्का, प्रथम खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

निर्देशक समेत रहेका अभिनेता मोडल प्रथम खड्काको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । उनका नृत्यका फरक स्टेप र आकर्षण हाउभाउ तारिफ योग्य छन् । अभिनेता पुष्प र गरिमाको नृत्य र अभिनय पनि सुहाउँदो छ । गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।

भिडियोमा फरक र आकर्षक स्टेप प्रयोगमा माहिर मानिने निर्देशक चन्दको यो भिडियो पनि राम्रो बनेको छ । माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफीरहेको भिडियोमा उत्सव दाहालको छायाँकन, साइलेन लम्सालको सम्पादन रहेको छ ।माया र पैसालाई आधार बनाएर लेखिएको गीतमा जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्व हुने देखाउन खोजिएको छ । गीतले प्रेम र बिछोड समेत ब्यक्त गरेको छ । गीतकार टिआर ब्यवसायी पनि हुन् ।

आजको ट्रेन्डिङ समाचार