दुई बुँदे सहमतिपछि सुजिता भण्डारीको शव अस्पतालमा • Nepal's Trusted Digital Newspaperदुई बुँदे सहमतिपछि सुजिता भण्डारीको शव अस्पतालमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दुई बुँदे सहमतिपछि सुजिता भण्डारीको शव अस्पतालमा

दुई बुँदे सहमतिपछि सुजिता भण्डारीको शव अस्पतालमा

  • मङ्लबार, असार २२, २०७८
दुई बुँदे सहमतिपछि सुजिता भण्डारीको शव अस्पतालमा

जिल्लाको राप्ती नगरपालिका–३ बाट सुजिता भण्डारीको शव भरतपुर अस्पतालमा लगिएको छ । प्रशासन र स्थानीयबीच दुई बुँदे सहमति भएसँगै शव लैजान गरिएको अवरोध हटेको हो । र, शवलाई अस्पताल पुर्‍याइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

उनका अनुसार घटनाको यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने र परिवारलाई आर्थिक सहायताका लागि सरकारसमक्ष अनुरोध गर्ने सहमति भएको छ ।पीडित पक्षले २४ घण्टाभित्र दोषी पत्ता लगाएर कारबाही गर्ने लिखित प्रतिबद्धता नआएसम्म सुजिताको शव लैजान नदिने अडान राखेका थिए ।

तर पोष्टमार्टम नभएसम्म मृत्युको कारण नखुल्ने र अनुसन्धान प्रक्रिया अघि बढाउनै समस्या हुने भएपछि शव अस्पताल लैजान दिने सहमति भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका