नारायणगढ–मुग्लिन खण्ड फेरि अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह | Samacharpati नारायणगढ–मुग्लिन खण्ड फेरि अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • नारायणगढ–मुग्लिन खण्ड फेरि अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह

नारायणगढ–मुग्लिन खण्ड फेरि अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह

नारायणगढ–मुग्लिन खण्ड फेरि अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह

२१ असार, चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ ।

सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो ।

पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिए । पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उनले बताए ।

प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन् ।

आजको ट्रेन्डिङ समाचार