बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा’ गीत रिलज, प्रविन र अञ्जनाको जोडी जम्यो (भिडियो सहित) | Samacharpati बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा’ गीत रिलज, प्रविन र अञ्जनाको जोडी जम्यो (भिडियो सहित) – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा’ गीत रिलज, प्रविन र अञ्जनाको जोडी जम्यो (भिडियो सहित)

बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा’ गीत रिलज, प्रविन र अञ्जनाको जोडी जम्यो (भिडियो सहित)

बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा’ गीत रिलज, प्रविन र अञ्जनाको जोडी जम्यो (भिडियो सहित)

काठमाडौ । नेपालीतारा सिजन ३ फ्रेमबाट चर्चामा आएकागायकबिनोद राई र द भ्वाइस अफ नेपालसिजन २ फ्रेमबाट चर्चामा आएकीगायिका ससिका राईको नयागीत रिलिजभएको छ । ‘एकैसाथ यो झरीमा’बोलको गीत देबेश ससिका युट्युव च्यानलबाट रिलिज गरिएको छ । यस गीतमाइन्दु तामाङको शब्द रहेको छ भने नेपालीतारा सिजन ३ का फस्ट रनरअप चर्चित गायक देबेश राईको संगीत, एरेञ्ज र मिक्सिङ मास्टर रहेको छ । यस गीतलाई आफ्नै स्टुडियोमा रेकर्ड गरिएको हो ।

‘एकैसाथ यो झरीमा’गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रविन राई रअञ्जना बराइलीको अभिनय देख्न सकिन्छ । गीतको भाव र म्युजिक भिडियोको स्टोरी अनुसार प्रविन र अञ्जनाले उत्कृष्ट काम गरेका छन् । प्रविन र अञ्जनाको जोडीपनि म्युजिक भिडियोमा जमेको छ । यस भिडियोलाई निर्देशनसंगै सिनेमाटोग्राफी र सम्पादनपनि फराज अर्पणकै रहेको छ ।

आजको ट्रेन्डिङ समाचार