गण्डकी प्रदेशमा बजेटमाथि छलफल कहिलेबाट ? | Samacharpati गण्डकी प्रदेशमा बजेटमाथि छलफल कहिलेबाट ? – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा बजेटमाथि छलफल कहिलेबाट ?

गण्डकी प्रदेशमा बजेटमाथि छलफल कहिलेबाट ?

गण्डकी प्रदेशमा बजेटमाथि छलफल कहिलेबाट ?

पोखरा । गण्डकी प्रदेशसभाको बैठक अनिश्चित भएको छ । गत असार ४ गते बसेको बैठक सभामुख नेत्रनाथ अधिकारीले अनिश्चित समयका लागि स्थगित गर्नुभएको थियो ।

प्रदेससभामा बजेट पेस भएको छ तर छलफल हुन सकेको छैन । सामान्यताय बजेट पेस भएपछि भोलीपल्ट देखि नै बजेट माथिको छलफल राखिन्छ तर गण्डकी प्रदेशमा सत्ताको किचलोका कारण बजेटमाथिको छलफल हुन सकिरहेको छैन ।

मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जेठ ३० गते प्रदेशसभामा नीति तथा कार्यक्रम र असार १ गते बजेट पेस गर्नुभएको थियो । सरकार गठन भएको छोटो समयमा बेजट आफैले पेश गर्नुभएका मुख्यमन्त्री नेपालीले ४ जनालाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभयो र विस्वासको मित लिन लाग्नुभयो । असार ४ मा उहाँले विश्वासको मत त पाउनुभयो तर मन्त्रालयको भागवण्डा हुन नसक्दा अहिले पनि मन्त्रालयको बाँडफाँड राम्रोसंग हुन सकेको छैन भने बजेटको छलफल अनिश्चित बनेको छ ।

सरकारले रातो किताब पनि बनाएको छैन, सरकारका प्रवक्ता कुमार खड्काले रातो किताब बनिनसकेको कारणले नै बजेटमाथि छलफल राख्न नसकिएको बताउनुभयो । उहाँका अनुसार रातो किताब बबनाउने काम अन्तिम चरणमा पुगेको छ । रातो किताबको काम सकिएपछि बेजटमाथिको छलफल सुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सरकारले अहिलेसम्म बजेटमाथि छलफलै नचलाउनु भनेको उसको सक्रियता, सक्षमता र प्रभावकारिता प्रस्टिएको प्रमुख प्रतिपक्ष दल एमालेका संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीको भनाइ छ ।

अर्थ मन्त्रालयले समयमै बजेट छलफल नगर्दा आगामी आवका लागि बजेट कार्यान्वयनमा समस्या हुन सक्ने अर्थ मन्त्रालयका सचिव रमेशकुमार केसीको भनाई रहेको छ । नयाँ सरकार आएका कारण योजनामा केहि फरबदल हुने भएकाले रातो किताब बन्न ढिला भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री नेपालीले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुको कारण प्रदेशका ठूला भनिएका मन्त्रालय अर्थ र भौतिक पूर्वाधारमा सरकारमा रहेका तीन दलबीच सहमति जुट्न नसक्नु हो ।

कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सरकारमा सहभागी हुनुभयो । खड्काले सामाजिक विकास मन्त्रालय र अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । आचार्यलाई ऊर्जा तथा सिँचाइ र मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा तोकिए पनि विवादकै कारण जिम्मेवारी सम्हाल्नुभएको छैन ।
-कान्तिपुरको सहयोगमा

आजको ट्रेन्डिङ समाचार