काठ्माण्डाै उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी | Samacharpati काठ्माण्डाै उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • काठ्माण्डाै उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

काठ्माण्डाै उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

काठ्माण्डाै उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाका बारे छलफल गर्नका लागि आज प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज मध्यराति सकिँदैछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा दिउँसो ३ बैठक बस्न लागेको हो । आज बस्ने बैठकले यसअघि प्रतिबन्धित क्षेत्रलाई थप खुकुलो बनाउनेबारे छलफल हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताउनुभयो ।

पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो । त्यसैगरी सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ । थप क्षेत्रलाई पनि खुकुलो बनाउने बारे स्वास्थ्य मन्त्रालयसँग राय मागेर निर्णय हुने बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार