रकमान्तरको विषयमा गण्डकी प्रदेश सरकारको स्पष्टोक्ति | Samacharpati रकमान्तरको विषयमा गण्डकी प्रदेश सरकारको स्पष्टोक्ति – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • रकमान्तरको विषयमा गण्डकी प्रदेश सरकारको स्पष्टोक्ति

रकमान्तरको विषयमा गण्डकी प्रदेश सरकारको स्पष्टोक्ति

रकमान्तरको विषयमा गण्डकी प्रदेश सरकारको स्पष्टोक्ति

पोखरा । प्रदेश सरकारले पछिल्लो समय गरेको रकमान्तर विषयमा प्रदेश सरकारले आफ्नो धारणा स्पष्ट पारेको छ ।

अनियमितता, असारे बजेट र कार्यकर्ता पोस्नका लागि बजेट बाँडिएको समाचार सम्प्रेषण हुँदा प्रदेश सरकारप्रति अन्याय हुने प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताउनुभयो । जनता अप्ठेरो परेको बेला सहजताका लागि रकम रकमान्तर गर्दा भ्रष्टाचार वा कुनै अपराध नहुने उहाँको भनाइ थियो ।

‘मनाङमा पहिरोले बिजुली बलेको छैन, लमजुङको दोर्दीमा गाडी नै हिँडेन,’ उहाँले भन्नुभयो, ‘मनाङ र दोर्दीमा त्यस्तो होला भनेर पहिलाको सरकारले बजेटमा त राखेको छैन ।’ केही योजनामा बजेट खर्च नहुने भएपछि ढुकुटीमै फर्किने रकम जनताको आवश्यकताका आधारमा रकमान्तर गरेको उहाँले प्रष्ट्याए। जनताको घर भत्किन लाएपछि असारमा बजेट आएर भदौमा अख्तियारी दिएर असोजमा बनाउन लगाउँदा बाढीले सरकारी नियम नबुझ्ने उहाँको भनाइ थियो ।

जनताको घर र धन बचाउनका लागि पनि थप कार्यक्रम ल्याएर प्रदेशबासीको ज्यान धन बचाएको उनले जानकारी दिनुभयो । ‘सरकार नयाँ छ, यसका पनि त प्राथमिकता छ,’ उहाँले भन्नुभयो, ‘अर्को वर्ष हाम्रो सरकार निरन्तर भयो भने त असारमा कहाँ थप बजेट ल्याउँछौं,’ उहाँले भन्नुभयो, ‘सरकार नै असारमा बन्यो त जेठमा कसरी हामीले रकमान्तर गर्न सक्छौं ।’

रकमान्तर गर्नु गलत हो भने जनतालाई जस्तो समस्या परे पनि परुन् तर कानुन मान्नुपर्छ भनेर पनि लेखिदिनुपर्ने उहाँको भनाइ छ । रकमान्तर भएर गएका बजेट थोरै पनि चुहावट भएमा आफूहरुलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार