मुख्य न्यायाधिवक्ता बास्तोलाको सपथ | Samacharpati मुख्य न्यायाधिवक्ता बास्तोलाको सपथ – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • मुख्य न्यायाधिवक्ता बास्तोलाको सपथ

मुख्य न्यायाधिवक्ता बास्तोलाको सपथ

मुख्य न्यायाधिवक्ता बास्तोलाको सपथ

पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका अधिवक्ता रोहितराज बास्तोलाले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

उहाँले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलसमक्ष सपथ ग्रहण गर्नुभएको हो । सपथ समारोहमा प्रदेशका मन्त्री, उच्च सरकारी अधिकारी लगायतको उपस्थिति थियो ।

नेपालको संविधान २०७२ को धारा १६० अनुसार मुख्यमन्त्रीको सिफारिसमा सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । पोखरा ११, फूलबारी निवासी बास्तोला २५ वर्षदेखि पोखरामा कानुन व्यवसाय क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष उनी डेमोक्रटिक लयर्स एसोसिएसन कास्की पूर्व अध्यक्ष समेत हुनुहुन्छ । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार हो ।

मुख्यमन्त्रीले चाहेको अवधिसम्म मुख्य न्यायाधिवक्ता आफ्नो पदमा बहाल रहने संवैधानिक प्रावधान छ । संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्ला दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुनेछ ।

आजको ट्रेन्डिङ समाचार