स्विडेनलाई हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा | Samacharpati स्विडेनलाई हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • स्विडेनलाई हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा

स्विडेनलाई हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा

स्विडेनलाई हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा

१६ असार काठमाण्डाै – स्विडेनलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा युक्रेनका ओलेक्सान्डर जिन्चेन्को र आर्टिम दोब्भेकले एक/एक गोल गरे । ​स्विडेनका इमिल फर्सवर्गले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेट एक/एक गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा आर्टिमले गोल गर्दै युक्रेनलाई जिताए । खेलको २७ औं मिनेटमा युक्रेनका जिन्चेन्कोले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा फर्सवर्गले गोल गर्दै स्विडेनलाई एक/एकको बराबरीमा पुर्याएका थिए ।

खेलको ९९ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका आर्टिमलाई ट्याकल गरेपछि स्विडेनका मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए । युक्रेनको जितसँगै युरोकपको प्रि क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ । स्विडेन बाहिरिएको छ । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ । इंग्ल्यान्ड जर्मनीलाई २–० ले हराएर अन्तिम आठमा पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार