लोकसेवाको रोकिएको परीक्षा साउन १५ गतेदेखि (तालिकासहित) | Samacharpati लोकसेवाको रोकिएको परीक्षा साउन १५ गतेदेखि (तालिकासहित) – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • लोकसेवाको रोकिएको परीक्षा साउन १५ गतेदेखि (तालिकासहित)

लोकसेवाको रोकिएको परीक्षा साउन १५ गतेदेखि (तालिकासहित)

लोकसेवाको रोकिएको परीक्षा साउन १५ गतेदेखि (तालिकासहित)

काठमाण्डाै – लोकसेवा आयोगका रोकिएका परीक्षा आउँदो साउन १५ देखि सञ्चालन हुने भएका छन् । आयोगमा पदाधिकारी नियुक्ती भएलगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

यसअघि कोरोना महामारी र आयोगमा पदाधिकारी नहुँदा परीक्षा स्थगित भएको थियो । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षा साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय भएको आयोगले जनाएको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने आयोगको तयारी छ ।

आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशन लगायतको कार्यतालिका सार्वजनिक गरेको छ ।

 

आजको ट्रेन्डिङ समाचार