गण्डकीलाई सडक मानवमुक्त प्रदेश बनाइने | Samacharpati गण्डकीलाई सडक मानवमुक्त प्रदेश बनाइने – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • गण्डकीलाई सडक मानवमुक्त प्रदेश बनाइने

गण्डकीलाई सडक मानवमुक्त प्रदेश बनाइने

गण्डकीलाई सडक मानवमुक्त प्रदेश बनाइने

पोखरा, गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले प्रदेशलाई सडक मानवमुक्त बनाउने र कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई नगद राहत उपलब्ध गराउने निर्णय गरेका छन् ।

आइतबार मन्त्रालयमा पदभार गर्दै गर्दा उनले उक्त निर्णय गरेका हुन् । सडकमा कोही पनि नागरिकले बास बस्नुपर्ने अवस्था नरहोस् भनेर यस्तो निर्णय गरिएको खड्काले बताए । ‘सबै नागरिकको बाँच्न पाउने अधिकार छ । संविधानले दिएका अधिकार सरकारले उपलब्ध गराउनुपर्छ,’ उनले भने, ‘मानव सेवा आश्रमहरु जस्ता संस्थासँग सहकार्य गरेर सडकमा भएका नागरिकलाई आश्रममा राख्ने र त्यसको दायित्व प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेका छौं ।’

सरकारले नीति तथा कार्यक्रम र बजेटबाट कोरोना भाइरसका कारण बाबु आमा गुमाएका बालबालिकालाई ५ हजारका दरले मासिक राहत उपलब्ध गराउने घोषणा गरेको थियो । यसलाई कार्यान्वयनको चरणमा अघि बढाइएको छ । ‘लागत निकालेर शीघ्र उनीहरुको खातामा पैसा पठाउने निर्णय गरेको छ । हामीसँग आँकडा छैन । पहिले त्यो निकाल्नुप¥यो,’ उनी भन्छन्, ‘कार्यविधिमा अरु कुरा खुलाइन्छ । संविधानले तोकेको समूहलाई बालबालिका मानेर हामी रकम दिन्छौं ।’

आजको ट्रेन्डिङ समाचार