कोशी र कनकाईको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम‚ सतर्क रहन आग्रह | Samacharpati कोशी र कनकाईको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम‚ सतर्क रहन आग्रह – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • कोशी र कनकाईको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम‚ सतर्क रहन आग्रह

कोशी र कनकाईको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम‚ सतर्क रहन आग्रह

कोशी र कनकाईको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम‚ सतर्क रहन आग्रह

१४ असार काठमाडौं : बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, कनकाई र यसका सहायक नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको छ। यसका तटीय क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आज प्रदेश १ का इलाम‚ झापा‚ सुनसरी‚ मोरङ‚ उदयपुर र धनकुटामा बाढीको उच्च जोखिम रहेको छ। पाँचथर‚ ओखलढुङ्गा‚ संखुवासभा‚ भोजपुर र ताप्लेजुङमा मध्यम जोखिम रहेको छ।

यस्तै‚ प्रदेश २ का महोत्तरी‚ धनुषा‚ सिरहा र सप्तरीमा बाढीको जोखिम मध्यम नै रहेको छ। बागमती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ दोलखा‚ रामेछाप‚ नुवाकोट‚ धादिङ र काठमाडौं बाढीको मध्यम जोखिमको सूचीमा रहेको छ।

गण्डकी प्रदेशका गोरखा‚ लमजुङ‚ तनहुँ‚ स्याङ्जा‚ पर्वत‚ कास्की र बाग्लुङमा पनि बाढीको जोखिम मध्यम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार