तपाईंको आज : २०७८ असार १४ सोमवारको राशिफल | Samacharpati तपाईंको आज : २०७८ असार १४ सोमवारको राशिफल – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • तपाईंको आज : २०७८ असार १४ सोमवारको राशिफल

तपाईंको आज : २०७८ असार १४ सोमवारको राशिफल

तपाईंको आज : २०७८ असार १४ सोमवारको राशिफल

२०७८ असार १४ सोमवार, चतुर्थी – 28 Jun 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आकस्मिक धन तथा सम्पत्ति लाभ हुने समय रहेको छ । सेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धनसम्पत्ति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – घरपरिवार, आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ, ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेको छ । तपाईंले सुरु गर्नुभएको काममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपाईंले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खंदा राम्रो हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – बिहानको समय राम्रो रहेकाले लेखन कलाको माध्ययमले आफ्ना भनाइहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपाईं आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला, कष्टकर नहोला भन्न सकिन्न ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै काम गर्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले काम समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरपरिवारका सदस्यबीच घनिष्टता बढेर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेको छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – बिहानको समय राम्रो रहेकाले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी हुनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । विदेशमा बसेर काम गर्नेहरुका लागि मध्यान्हबाट समय फलदायी रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – विद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । सानातिना स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा बाहिरी वातावरणको ख्याल गर्नुहोला । तर पनि मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । दैनिक उपभोग्य बस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – बिहानको समय राम्रो रहेकाले दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइलखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । मध्यान्हबाट मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि आफ्नै साथीहरुबाट आलोचना खप्नुपर्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक ऊर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमूलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रूपमा परिणत गर्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आउने ठाउँबाट रुपैयाँपैसा नआउनाले बनाएका योजनाहरु थाँती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तीक्तता आउने तथा दाम्पत्य जीवनमा एकअर्कालाई शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्राेसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला, काम बिग्रन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – बिहानको समय मध्ययम रहेकाले व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन जानेछ भने नतिजा हात पार्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईंको नाम आउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – बिहानको समय राम्रो रहेकाले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने योग रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल प्राप्त नहुँदा आर्थिक रूपमा कमजोर भएको महसुस हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ ।

आजको ट्रेन्डिङ समाचार