माथिल्लो तामाकोशीबाट परीक्षण उत्पादन हुँदै, केही ठाउँमा विद्युत कटौती हुन सक्ने | Samacharpati माथिल्लो तामाकोशीबाट परीक्षण उत्पादन हुँदै, केही ठाउँमा विद्युत कटौती हुन सक्ने – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • माथिल्लो तामाकोशीबाट परीक्षण उत्पादन हुँदै, केही ठाउँमा विद्युत कटौती हुन सक्ने

माथिल्लो तामाकोशीबाट परीक्षण उत्पादन हुँदै, केही ठाउँमा विद्युत कटौती हुन सक्ने

माथिल्लो तामाकोशीबाट परीक्षण उत्पादन हुँदै, केही ठाउँमा विद्युत कटौती हुन सक्ने

१२ असार काठमाण्डाै – ४ सय ५६ मेगावाट क्षमताको माथिल्लाे तामाकोशी जलविद्युत आयोजनालाई भोलिदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका सीईओ विज्ञान प्रसाद श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले पनि केही काम भइरहेको र जुनसुकै बेला परीक्षण हुन सक्ने भएकाले सतर्कता र सुरक्षाको लागि सूचना प्रकाशन गरिएको उहाँले बताउनुभयो । भोलिदेखि १९ गतेसम्म जुनसुकै बेला परीक्षण उत्पादन हुन सक्ने श्रेष्ठको भनाइ छ। यो कामको लागि खिम्ती–लामोसाँघु १३२ केभीको लाइन बन्द हुने र यसका कारण ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

माथिल्ला तामाकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादनको मिति पटक-पटक तोकिँदै आए पनि काम सम्पन्न नहुँदा स्थगित हुँदै आएको छ ।

आजको ट्रेन्डिङ समाचार