कञ्चनपुरका सिडिओको फेक फेसबुक आइडी बनाई रकम माग | Samacharpati कञ्चनपुरका सिडिओको फेक फेसबुक आइडी बनाई रकम माग – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • कञ्चनपुरका सिडिओको फेक फेसबुक आइडी बनाई रकम माग

कञ्चनपुरका सिडिओको फेक फेसबुक आइडी बनाई रकम माग

कञ्चनपुरका सिडिओको फेक फेसबुक आइडी बनाई रकम माग

१२ असार कञ्चनपुर : कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकुमार महतोको फेक फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ। सिडिओ महतोको तस्बिर राखेर फेसबुक आइडी बनाई फ्रेन्ड रिक्वेस्ट पठाई रकम माग गर्दै आएको पाइएको हो।

‘फेक आइडी बनाएर धेरैजनासँग रकम माग गरेको पाइएको छ,’ सिडिओ महतोले भने, ‘पैसा माग गरेको कुरा धेरैजनाले स्क्रिन सट् गरेर मलाई पठाएका छन। आज बिहान खोल्दा खुलेको छैन। डिएक्टिभ भए जस्तो छ।’

फेक आइडी बनाई रकम माग गर्ने विरुद्ध आज साइबर ब्युरोमा उजुरी दिने तयारी गरेको उनले बताए।

अज्ञात व्यक्तिले आफ्नो तस्बिर राखी नक्कली फेसबुक एकाउण्ट खोलेको पाइएकाले त्यसबाट आएको फ्रेन्ड रिक्वेस्ट नस्वीकार्न सिडिओ महतोले आग्रह गरेका छन्। साथै, भ्रममा नपर्न अनुरोध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले फेक फेसबुक आइडी कुन ठाउँबाट जनरेट भएको भन्ने कुरा जिल्ला लेवलबाट हेर्न सम्भवन नहुने बताए। ‘फेक फेसवुक आइडी बनाएर धेरै जनालाई भिक्टीम बनाएको पाइएको छ,’ उनले भने, ‘विदेशबाट पनि जनरेट भएको हुन सक्छ। यस्तो कार्य साइबर ब्युरोले हेर्ने गरेको छ।’

नेपालमा साइबर अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कार्वाही हुने गरेको छ। ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई एक लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई साइबर अपराध भनिन्छ।

आजको ट्रेन्डिङ समाचार