पोखरा भित्र अस्फाल्ट गरिएका सडक २ वर्ष खन्न नपाइने | Samacharpati पोखरा भित्र अस्फाल्ट गरिएका सडक २ वर्ष खन्न नपाइने – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • पोखरा भित्र अस्फाल्ट गरिएका सडक २ वर्ष खन्न नपाइने

पोखरा भित्र अस्फाल्ट गरिएका सडक २ वर्ष खन्न नपाइने

पोखरा भित्र अस्फाल्ट गरिएका सडक २ वर्ष खन्न नपाइने

पोखरा, ११ असार । पोखरा महानगरपालिका भित्र अस्फाल्ट गरिएका सडक कम्तिमा पनि २ वर्ष खन्न नपाइने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले स्फाल्ट गरिएका सडक कम्तिमा पनि २ वर्ष खन्न स्वीकृति दिइने छैन भन्नुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षमा सहरी सडकमा अन्य निकायसँगको समन्वयमा कार्यान्वयन गर्ने अस्फाल्ट पिच कार्यक्रमको लागि ७ करोड विनियोजन प्रस्ताव गरिएको छ ।

निर्माण कार्यको दिगोपनका लागि निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशालालाई स्तर उन्नति गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय मातहत सञ्चालन गर्ने गरी क्रमशः हस्तान्तरण गर्ने व्यवस्था मिलाइने बताइएको छ ।

अस्फाल्ट गरिएका सडक बलियो र टिकाउ हुने बताइए पनि खानेपानी लगायतका विभिन्न कारणले सडक खन्ने र त्यसले छिटो सडक भत्कने क्रम बढेको छ । पोखराका विभिन्न ठाउँमा अहिले पनि अस्फाल्ट गरिएका सडक खनेको देख्न सकिन्छ ।

यस्तै चालु आर्थिक वर्षमा नै ठेक्का सम्झौता भइसकेका र आगामी आर्थिक वर्षको लागि प्रस्तावित कनेक्टिङ सडकतर्फ गरी कुल रु. १ अर्ब २० करोड बजेट प्रस्ताव गरिएको छ ।

‘मेयर गौरवको आयोजना’ को रुपमा लिइएको आरटिओ सडक निर्माणमा आइपरेको प्राविधिक समस्याको मध्यमार्गी समाधान पहिचान गरी उक्त सडकको निर्माण कार्य अगाडि बढाइएको छ । आगामी आर्थिक वर्षमा उक्त सडक निर्माण सम्पन्न हुनेछ ।

आजको ट्रेन्डिङ समाचार