पोखरा महानगरको विकटलाई निकट ल्याउने कनेक्टिङ सडक योजना आगामी वर्ष पनि प्रथमिकतामा | Samacharpati पोखरा महानगरको विकटलाई निकट ल्याउने कनेक्टिङ सडक योजना आगामी वर्ष पनि प्रथमिकतामा – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • पोखरा महानगरको विकटलाई निकट ल्याउने कनेक्टिङ सडक योजना आगामी वर्ष पनि प्रथमिकतामा

पोखरा महानगरको विकटलाई निकट ल्याउने कनेक्टिङ सडक योजना आगामी वर्ष पनि प्रथमिकतामा

पोखरा महानगरको विकटलाई निकट ल्याउने कनेक्टिङ सडक योजना आगामी वर्ष पनि प्रथमिकतामा

पोखरा, ११ असार । पोखरा महानगरपालिकाले ‘विकटलाई निकट’ ल्याउने अठोटका साथ संचालित कनेक्टिङ सडक योजनाहरु आगामी आर्थिक वर्षमा पनि उच्च प्राथमिकतामा रहेको जनाएको छ ।

विजयपुर–माझठाना–बेगनास सडक, कात्रे–बाम्दी–घाँटीछिना सडक, बैदाम–पामे–घाँटीछिना सडक, कास्कीकोट गुन्टेचौर, वनपाले पँदेली कृषि सडक, चितेपानी पुरुञ्चौर रैकर ढाब मर्दी सडक, ठूल्ढुंगा सुर्ताने चैनपुर सुरौंदी सडक, पानी टंकी देउराली भञ्झ्याङ सडक, रैकर बेगनास सडक, भलाम–मौजा सडक, आदि कनेक्टिङ सडकहरु प्राथमिकतामा रहेको महानगरपालिको आगामी आव २०७८/७९ को बजेट सार्वजनिक गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।

यसैगरी काहुँखोला पहिरो पानी सडक, खत्रीपहरो खोलावेशी सडक, जनचेतन चिलाउने खर्क, बास्कोट वडा कार्यालय सडक, वडा कार्यालय २२ देखि भुम्दीहुँदै तारेभीर, राधाकृष्ण मार्गहुँदै तिनकुने सडक प्राथमिकता रहेको जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार