तालचोक बेगनास सडकलाइ नेपालकै नमूना सडक बनाइने | Samacharpati तालचोक बेगनास सडकलाइ नेपालकै नमूना सडक बनाइने – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • तालचोक बेगनास सडकलाइ नेपालकै नमूना सडक बनाइने

तालचोक बेगनास सडकलाइ नेपालकै नमूना सडक बनाइने

आगामी आर्थिक वर्षमा २४ करोड २५ लाख बजेट विनियोजन

तालचोक बेगनास सडकलाइ नेपालकै नमूना सडक बनाइने
Photo : Google Map

पोखरा, ११ असार । पोखरा महानगरपालिकाले महानगरको गहनाको रुपमा रहेको बेगनासताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडक नेपालकै नमूना सडकको रुपमा निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जु देवी गुरुङले नेपाल सरकारको सर्शत अनुदानबाट संचालन गरिने उक्त सडक आयोजनाको लागि आगामी आर्थिक वर्षमा २४ करोड २५ लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।

बेगनासताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडक नेपालकै नमूना सडकको रुपमा निर्माण गर्नका लागि विश्व बैंकको आर्थिक सहयोगमा यो सडक निर्माणको लागि १ अर्ब ५३ करोड रुपैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको बताउनुभयो ।

उक्त सडक निर्माण भएपछि सो क्षेत्र पोखराको नयाँ न्युरोडको रुपमा विकसित हुने बताइएको छ । यस कार्यबाट तालचोक बेगनास क्षेत्रको भौतिक विकासको अलावा बेगनासतालमा हुने पर्यटकीय गतिविधि विस्तार भई उक्त क्षेत्र पर्यटकीय हबको रुपमा विकाशित हुने अपेक्षा गरिएको छ ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आजको ट्रेन्डिङ समाचार