१४ जनप्रतिनिधिको पद रिक्त भएको सूचना निर्वाचन आयोगले निकाल्यो • Nepal's Trusted Digital Newspaper१४ जनप्रतिनिधिको पद रिक्त भएको सूचना निर्वाचन आयोगले निकाल्यो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १४ जनप्रतिनिधिको पद रिक्त भएको सूचना निर्वाचन आयोगले निकाल्यो

१४ जनप्रतिनिधिको पद रिक्त भएको सूचना निर्वाचन आयोगले निकाल्यो

  • शुक्रबार, असार ११, २०७८
१४ जनप्रतिनिधिको पद रिक्त भएको सूचना निर्वाचन आयोगले निकाल्यो

११ असार काठमाडौं : नेकपा माओवादी केन्द्रबाट निर्वाचित १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ।

माओवादीबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जनप्रतिनिधीको पद रिक्त भएको सूचना निर्वाचन आयोगले निकालेको हो।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन्।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो।

 

Screenshot 2021 06

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका