पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड | Samacharpati पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड

पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड

पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड

पोखरा । चालु आर्थिक वर्षका लागि ५ अर्ब ७२ करोडको बजेट ल्याएको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

उपमेयर मञ्जुदेवी गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको जानकारी दिनुभयो । पुँजीगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ ।

बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात ५ प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत व्यहोरिने गुरुङले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको मुख्य ध्यान प्रदेशका जनतालाई कोभिडविरुद्धको खोप लगाउनतर्फ भएको बताउनुभयो । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयमा जनतालाई सुशासन र सुरक्षाको प्रत्याभूति दिन सकिने उहाँको भनाइ थियो ।

आजको ट्रेन्डिङ समाचार