निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रको अनुगमन | Samacharpati निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रको अनुगमन – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रको अनुगमन

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रको अनुगमन

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रको अनुगमन

पोखरा, ११ असार । कास्की क्षेत्रनं १(१) अन्तरगत सञ्चालित निर्बाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका आयोजनाहरुको बुधबार अनुगमन गरिएको छ ।

प्रदेश सांसद एव अनुगमन समितिका संयोजक प्रभा कोइराला, उक्त क्षेत्रका प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला,जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी क्षेत्री,उप–प्रमुख सावित्रि भण्डारी, पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख दिनेशकुमार घिमिरे सोही कार्यालयका प्राविधिक र वडाध्यक्षहरु सहित गएको टोलीले आयोजनाहरुको अनुगमन गरेको हो ।

संयोजक प्रभा कोइरालाले अधिकांश आयोजनाको काम सम्पन्न भएको पाइएको र रुपा वडानं ५मा निर्माण हुनलागेको डेरि चिस्यान केन्दलाई निर्धारित समयम काम सम्पन्न गर्न निर्देशन दिनु भयो । उक्त क्षेत्रका सांसद दीपक कोइरालाले योजना छनोट गर्दा जनताको माग र आबश्यकताको आधारमा छनोट गरेकोले आयोजना निर्माण सन्तोषजनक पाइएको बताउनु भयो ।कोभिडको महामारीमा समे शत प्रतिशत आयोजना सम्पन्न्न हुनुलेपनि यस कुरालाई पुष्टिगर्ने उहाँको भनाई थियो । उपभोक्ता समितिले काम गर्दा काम सम्पन्न भएपछि मात्र निर्माणको आधारमा रकम भुक्तानी गर्ने परिपाटीले पनि केही उपभोक्ता समितिलाई अप्ठेरो परेको गुनासो सुनिएकोले यसलाई पनि आगामि दिनमा सम्बोधनगर्न पहल गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर अधिकारी क्षेत्रीले कृषि कोल्ड स्टोर , डेरि चिस्यान केन्द, खानेपानी ,मोटरबाटो, शव बाहन राख्ने ट्रष्ट ,समाज घर,शहिद पार्क सवै क्षेत्रलाई समेटेर आयोजनाहरु सञ्चालन भएको पाइएको बताउनु भयो । उहाँले केही योजनाहरु सम्पन्न हुन बाँकी रहेकोले असार २० गते सम्म सम्पन्न गर्न निर्देशन दिनु भयो । पुर्वाधार विकास कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले ९७ प्रतिशत आयोजना सम्पन्न भएको र बाँकी आयोजनापनि केही दिनमा सम्पन्न हुने जानकारी दिनु भयो ।

अनुगमनपछि प्राविधिकको नापजाँच संगै भुक्क्तानी शुरु हुने घिमिरेको भनाई थियो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर