बाढी र पहिरोले बन्द भएका १२ वटा सडक अझै खुल्न सकेनन्, २८ सडक आंशिक सञ्चालन | Samacharpati बाढी र पहिरोले बन्द भएका १२ वटा सडक अझै खुल्न सकेनन्, २८ सडक आंशिक सञ्चालन – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • बाढी र पहिरोले बन्द भएका १२ वटा सडक अझै खुल्न सकेनन्, २८ सडक आंशिक सञ्चालन

बाढी र पहिरोले बन्द भएका १२ वटा सडक अझै खुल्न सकेनन्, २८ सडक आंशिक सञ्चालन

बाढी र पहिरोले बन्द भएका १२ वटा सडक अझै खुल्न सकेनन्, २८ सडक आंशिक सञ्चालन

१० असार काठमाण्डाै – बाढी र पहिरोका कारण बन्द भएका १२ वटा सडक अझै खुल्न सकेका छैनन् । मनसुन सुरु भएपछि आएको बाढी र पहिरोका कारण देशभरका १२ वटा सडक पूर्ण रूपमा बन्द छन् । २८ वटा सडक आंशिक अर्थात् एकतर्फी सञ्चालनमा छन् ।

अहिले १६ वटा सडक भने नियमित सञ्चालन भैरहेका छन् । डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङका विभिन्न खण्डमा मर्स्याङ्दी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा बन्द भएको छ । अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा यातायात पूर्ण रूपमा ठप्प छ । साँफेबगर–मार्तडी–कोल्टी सडकमा पर्ने बल्दे–अम्कोट सडक जेठ ३१ गतेदेखि नै बन्द भएकोमा अझै खुल्न सकेको छैन ।

यस्तै रसुवाको गल्छी–त्रिशूली–वेत्रावती खण्ड पनि बन्द छ । यो सडकको विकल्प भएकाले तत्काल मर्मत नहुने सडक विभागले जनाएको छ । तत्काल नियमित हुन नसक्ने सडकमा एकातिरबाट पहिरो पन्छाएर गाडी चल्न मिल्ने बनाइएको पनि सडक विभागले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार