चराले मानिसले झै कुल्ला घाँटी ठाडो पारेर गरेको भिडियो भाइरल | Samacharpati चराले मानिसले झै कुल्ला घाँटी ठाडो पारेर गरेको भिडियो भाइरल – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • चराले मानिसले झै कुल्ला घाँटी ठाडो पारेर गरेको भिडियो भाइरल

चराले मानिसले झै कुल्ला घाँटी ठाडो पारेर गरेको भिडियो भाइरल

चराले मानिसले झै कुल्ला घाँटी ठाडो पारेर गरेको भिडियो भाइरल

काठमाडौँ । कहिलेकाहीँ जनावर र पशुपंक्षीले देखाउने ब्यबहार दुरुस्तै मिल्न जान्छन् । जनावर र पंक्षीले दुरुस्तै मानिसको जस्तो दृश्य देखाउँदा कस्लाई पो हाँसो उट्ठैन र ? यस्तै दृश्य अहिले ट्वीटरमा भाइरल बनिरहेको छ । जहाँ एउटा चराको भिडियो अहिले निकै चर्चामा छ । केवल १० सेकेण्डको यस भिडियो झट्ट हेर्दा कुल्ला ९गारगल० गरे जसरी कुल्ला गरिरहेको देख्न सकिन्छ ।

भाइरल भिडियोमा चरा टाउको मास्तिर फर्काएर मानिसले कुल्ला गरे झै कुल्ला गरेको जस्तो देखिन्छ । यो भिडियो ट्विटर प्रयोगकर्तामाझ निकै चर्चामा छ । उनीहरूले चराको समझदारीलाई सकारात्मक प्रतिक्रिया दिँदै बुद्धिमानी चरा समेत भन्न भ्याएका छन् । चराको यो रमाइलो दृश्य देखेर तपाईको पनि हाँसो थामिने छैन ।

आजको ट्रेन्डिङ समाचार