घाटी दुखेको मात्र नभइ अन्य रोगका लागि पनि अति लाभदायक लिची | Samacharpati घाटी दुखेको मात्र नभइ अन्य रोगका लागि पनि अति लाभदायक लिची – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • घाटी दुखेको मात्र नभइ अन्य रोगका लागि पनि अति लाभदायक लिची

घाटी दुखेको मात्र नभइ अन्य रोगका लागि पनि अति लाभदायक लिची

घाटी दुखेको मात्र नभइ अन्य रोगका लागि पनि अति लाभदायक लिची

काठमाडौं । लिची स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।

गर्मीको मौसम भने आँप, रुख कटहर, लिचीलगायत फलफूलको सिजन पनि हो । सिजन अनुसार फलफुल पनि फरक–फरक खान पाइन्छ यस्तै यो सिजन अनुसारको फल हो लिचि । देशका विभिन्न स्थानमा गर्मी बढ्दो छ गर्मी सँगै लिचि खानुको छुटै फाइदा छ । यो समयमा बजारमा विभिन्न प्रकारका फलफुल पाइन्छ । यो समय लिचीको पनि मौसम हो ।

लिची स्वास्थ्यवर्धक हुनुका साथै यससँगै पोष्टिक गुण पाइन्छ । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्लेक्ससँगै पोटाशियम, क्याल्शियम जस्ता खनिज पदार्थ पाइन्छ । लिची खाँदा अनुहारमा निखार आउने छ भने चाउरिपन पनि हट्छ । लिचीमा पाइने क्याल्शियम, फस्फोरसले बच्चाको शारीरिक गठनमा महत्वपुर्ण भूमिका खेल्छ ।

लिची आनामा मुटु स्वस्थ हून्छ भने क्यान्सर सेल्स र ट्युटम पैदा हुनबाट रोक्छ । जसले मलद्धारमा हुने क्यान्सरको खतरा हुँदैन । चिसो लागेको छ र घाटीमादुखेक छ भने पनि लिची खानु लाभदायक हुन्छ ।धेरै फाइदाजनक भएपनि लिची सिमित मात्रमा मात्र खानुपर्छ । धेरै खाँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक पटकमा १०/११ बटा लिची खानु लाभदायक हुन्छ । यो भन्दा धेरै खाएमा टाउको दुख्छ भने शरीर चिलाउने, जिब्रो र ओठ सुन्निनुका साथै सास फेर्न समेत कठिन हुन्छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता