मुलुकलाई भड्खालोबाट जोगाऔं : माधव नेपाल | Samacharpati मुलुकलाई भड्खालोबाट जोगाऔं : माधव नेपाल – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • मुलुकलाई भड्खालोबाट जोगाऔं : माधव नेपाल

मुलुकलाई भड्खालोबाट जोगाऔं : माधव नेपाल

मुलुकलाई भड्खालोबाट जोगाऔं : माधव नेपाल

९ असार काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन आग्रह गरेका छन्।

सर्वोच्च अदालतले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सरकारको मन्त्रिमण्डल विस्तारलाई अवैध ठहर गरेपछि नेता नेपालको यस्तो टिप्पणी आएको हो।

नेता नेपालले फेसबुकमार्फत प्रधानमन्त्री ओलीबाट पटक–पटक गलत काम भइरहेको र त्यसले देश र व्यवस्थालाई संकटतर्फ धकेलेको बताएका छन्। दुई तिहाई नजिकको नेकपा सरकार बनेर ऐतिहासिक काम गर्ने अवसर प्राप्त भएको तर ओलीको हठले देश र पार्टी नै संकटमा पुगेको नेता नेपालको भनाइ छ।

आफू पार्टी एकताकै पक्षमा रहेको तर ओलीको हठले एकताको वातावरण नबनेको नेपालको आरोप छ। साथै उनले संविधान र व्यवस्था जोगाउन वामपन्थी र लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।

आजको ट्रेन्डिङ समाचार