बोगटी परिवारद्वारा बृद्धाश्रमलाई सहयोग • Nepal's Trusted Digital Newspaperबोगटी परिवारद्वारा बृद्धाश्रमलाई सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बोगटी परिवारद्वारा बृद्धाश्रमलाई सहयोग

बोगटी परिवारद्वारा बृद्धाश्रमलाई सहयोग

  • बुधबार, असार ९, २०७८
बोगटी परिवारद्वारा बृद्धाश्रमलाई सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाम निवासी बोगटी परिवारले पोखरा १७ छोरेपाटनमा रहेकोे मानव सेवा आश्रम तथा सितापाइला स्थित बृद्दाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।

लक डाउन र कोरोनाले महामारीको रुप लिएको अबस्थामा मानवसेवा आश्रममा सहयोग धेरै कम भएको कारणले गर्दा लक्ष्मीनारायणहरुलाई सेवा दिन गाह्रो भै–रहेको अबस्थामा पोखरा–६ लेक साइड निवासी पूर्ण बहादुर बोगटी र श्रीमति शुसिला बोगटीले चामल ९ बोरा सहित दाल, मस्यौरा, तेल, चना, चाउचाउ, चिउरा, नुन, बिस्कुट, भाडा माझ्ने साबुन, लुगा धुने साबुन प्रदान गर्नु भएको थियो ।

त्यसको लागि मानवसेवा आश्रमको तर्फबाट धन्यवाद ब्यक्त गर्दै परोपकारी मनका धनी बोगटी परिवारलई साधुवाद दिदै यस विषम परिस्थितीमा आफु बचौँ र अरुलाई बचाँउ, सकेको सहयोग घरैबाट गर्न सकिने मानव सेवा आश्रम छोरेपाटनका संयोजक राजन सापकोटाले बताउनु भयो ।

त्यसै गरि सोही दिन पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुम केशब पराजुलीलाई पनि खाद्यान्न चामल, दाल, मस्यौरा, तेल, चना, चाउचाउ, चिउरा, नुन, बिस्कुट, भाडा माझ्ने साबुन, लुगा धुने साबुन वोगटी परिवारले हस्तान्तरण गरेका थिए।

हाल अमेरिका निवासी छोरा बिप्लब बोगटी, बुहारी प्रतिभा बोगटी, नातीनातीनीहरु एलिना, अस्टिन र अतिथि बोगटीको जन्मदिनको उपलक्ष्यमा बोगटी परिवारले ५० हजार भन्दा बढीको खाद्यान्न दुई वटा बृद्धाश्रमहरुलाई प्रदान गरिएको थियोे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका