आज जुन २१ विश्व सङ्गीत दिवस मनाइँदै | Samacharpati आज जुन २१ विश्व सङ्गीत दिवस मनाइँदै – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • आज जुन २१ विश्व सङ्गीत दिवस मनाइँदै

आज जुन २१ विश्व सङ्गीत दिवस मनाइँदै

आज जुन २१ विश्व सङ्गीत दिवस मनाइँदै

आज जुन २१, विश्व सङ्गीत दिवस मनाइँदै छ । कोरोना महामारीका कारण एकै ठाउँमा भेला भएर यो वर्षको ‘विश्व सङ्गीत दिवस’ मनाउन नपाए पनि सङ्गीतका पारखीहरूले सामाजिक सञ्जाल र भर्चुअल माध्यममार्फत यो दिवस मनाउँदै छन् । सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ।

अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो ।

पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व सङ्गीत दिवस मनाउन थालिएको हो । नेपालमा २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, लेखक–रचनाकार, सङ्गीतकार तथा सङ्गीत प्रेमीहरूको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ ।

आजको ट्रेन्डिङ समाचार