पहिरोले पञ्चेश्वरका सात घर विस्थापित • Nepal's Trusted Digital Newspaperपहिरोले पञ्चेश्वरका सात घर विस्थापित • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पहिरोले पञ्चेश्वरका सात घर विस्थापित

पहिरोले पञ्चेश्वरका सात घर विस्थापित

  • सोमवार, असार ७, २०७८
पहिरोले पञ्चेश्वरका सात घर विस्थापित

७ असार बैतडी : पहिरो प्रभावित पञ्चेश्वर गाउँपालिका–२ गैरटोलका सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

बस्तीमाथिबाट पहिरो खसेपछि किसनराम औजी, रमेशराम औजी, देवानीराम औजी, गोविन्द राम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका हुन्। उनीहरुलाई स्थानीय देवथला माध्यमिक विद्यालयको भवनमा राखिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का जानकारी दिए।

पहिरोले किसनरामको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। बाँकी ६ जनाका घर उच्च जोखिममा रहेको छ। सात घरपरिवारका ५२ जना विस्थापित भएका छन्। पीडितहरुलाई गाउँपालिकाले खाद्यान्न राहत दिएको गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले बताए।

बस्तीमाथिबाट खनिएको कुलाउ–डिम्बरघाट सडकखण्डका कारण शनिबार बिहान पहिरो खसेको हो। निरन्तरको झरीका कारण अझै पनी पहिरो खस्ने क्रम नरोकिएको मंगोलाले बताए।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका