कास्कीमा आजदेखि निजी सवारीमा जोर बिजोर प्रणाली लागु | Samacharpati कास्कीमा आजदेखि निजी सवारीमा जोर बिजोर प्रणाली लागु – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • कास्कीमा आजदेखि निजी सवारीमा जोर बिजोर प्रणाली लागु

कास्कीमा आजदेखि निजी सवारीमा जोर बिजोर प्रणाली लागु

कास्कीमा आजदेखि निजी सवारीमा जोर बिजोर प्रणाली लागु

जिल्ला प्रशासन कार्यालय कास्कीले निशेधाज्ञा थप गरेको छ । असार ७ गतेसम्म थपिएको निषेधाज्ञा केहि खुकुलो बनाइएको छ ।

अन्य विषयहरु पहिलाको जस्तै भएपनि अहिले थपिएको निषेधाज्ञामा केहि पसलहरु संचालन हुन सक्ने भएका छन् । प्रशासनले बिहान ५ बजे देखि दिउसो १२ बजेसम्म केहि पसलहरु सञ्चालन गर्न सक्ने बताएको छ भने कास्कीमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।

आइतबार बसेको डिसिसिएमसीको बैठकले जोर गते जोर र बिजोर गते बिजोर नम्बर भएका नीजि सवारीसाधन सञ्चालन गर्न दिने बताइएको छ । आदेशमा भनिएको छ – “निजी सवारी साधन( साना सवारी चार पाङ्ग्रे र दुइ पाङ्ग्रे) को हकमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधनमात्र सञ्चालन गर्न सकिने । उक्त सवारी साधनजे पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई अनावश्यक व्यक्ति नचढाई बढीमा चार पाङ्ग्रे सवारीको हकमा चाक सहित ४ जना यात्रु मात्र राख्ने प्रवन्ध मिलाउने ।”

कास्कीमा सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेण्ट, चिया तथा खाजा पसल, मोटे, नाँचघर, क्ब, डान्सबार, दोहोरी साँझ, फनपार्क,, रंगशाला, फुटसल, खेलकुद स्थल, मिखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर, शैलुन फुटपाथ पसलहरु बाहेकका अन्य व्यवसाय बिहान ५ बजेदेखि दिउसो १२ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता